बैंक / सेयर

सोमबार नेप्से दोहोरो अंकले ओह्रालो

काठमाडौं, १८ मंसिर- सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १० दशमलव ९० अंकले घटेर १५२६ दशमलव ७७ अंकमा ओर्लिएको छ । १५७ कम्पनीका १० लाख १६ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ५४ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएका छन् । सबैभन्दा बढी बुटवल पावर कम्पनीको तीन करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
 
सोमबार उपसूचक मिस्रित देखिएका छन् । १० समुहको कारोबारमा आठ समूह घटेका छन् भने दुई समूह बढेका छन् । सबैभन्दा बढि हिमालयन पावर पार्टनरका शेयरधनीले करिब सात प्रतिशत कमाए । युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत गुमाए । 
 

मंसिर १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस