सिनेमा

रहेनन् चर्चित भारतीय अभिनेता कपुर

मुम्बई, १८  मंसिर— चर्चित भारतीय अभिनेता शशि कपुरको निधन भएको छ ।  ७९ वर्षीय कपुर  लामो समयदेखि अस्वस्थ्य थिए । 
उनको सोमबार साँझ ५ बजेर २० मिनेटमा कोकिलाबेन अस्पतालमा निधन भएको चिकित्सकलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्  । 
नाटक शंकुलताबाट आफनो कालाकारिता सुरु गरेका उनको पहिलो फिल्म आग नामक  थियो ।  उनको अभिनय रहेको बिरादरी, चोरी मेरा काम, फाँसी ,शंकर दादा, चक्कर पे चक्कर, कभी कभीलगायत फिल्म चर्चित भएका थिए  । 
उनको दिवार नामक  सुपरहित फिल्मको डाइलग मेरे पास माँ है निकै चर्चित भएको थियो  ।
उनका कुणाल, करन  र सञ्जना गरी तीन सन्तानन रहेका छन्  भने श्रीमतीको यसअघि नै निधन भइसेकेको छ । 
 

मंसिर १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस