विश्व/प्रवास

इजरायलका विषयमा अमेरिकाको धारणाले विश्वमा चिन्ता

काठमाडौं, १९ मंसिर —अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी बनाउनका लागि एकतर्फी फैसला लिनसक्ने भन्दै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले चिन्ता व्यक्त गरेका छन् । 

यसरी राजधानी निर्धारित गर्ने फैसला इजरायल र प्यालेस्टाइनका मानिसबीचको कुराकानीपछि मात्र गर्नुपर्ने म्याक्रों बताउँछन् । 

केही अरब र मुसलमान देशले अमेरिकाको प्रस्तावको विरोध गरिसकेका छन् । 

राष्ट्रपति ट्रम्पले बुधवारको सम्बोधनमा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिन सकिने घोषणा गर्नसक्ने अनुमान गरिएको छ । 

यो घोषणा भएपनि अमेरिकी दूतावासलाई जेरुसेलम लैजाने काम चाहिँ अलि पछि मात्र हुन सक्छ । 

अरब लीगका मुलकहरू टर्की, जोर्डन र प्यालेस्टाइनका नेताहरूले यसको ‘गम्भीर परिणाम’ आउने चेतावनी दिएका छन् । 

इजरायल र अरब मुलुकहरूका बीच जेरुसेलमको भविष्यका सम्बन्धमा तीव्र मतभेद छ । ट्रम्पको सम्भावित घोषणामाथि इजरायल सरकारले कुनै टिप्पणी गरेको छैन  ।

अमेरिकी दूतावासलाई अहिलेको राजधानी तेल अभिभबाट जेरुसेलम लगिनका भएको मस्यौदाको म्याद सोमवार सकिएपछि त्यसमा ट्रम्पको हस्ताक्षर हुनुपर्नेछ । 

दूतावासलाई जेरुसेलम लग्नका लागि अमेरिकी कंग्रेसले सन् १९९५ मा एउटा कानून पारित गरेको थियो । त्यसबेलादेखि सबै राष्ट्रपतिले हरेक ६ महिनामा ढिलाइको अनुमति दिइरहेका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानमा दूतावासलाई जेरुसेलम लाने वाचा बारम्बार गरेका थिए । आफ्नो कुरामा अडिएपछि उनले यो कारवाही भने अहिलेसम्म चलाएका छैनन् ।

बीबीसीबाट
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस