विश्व/प्रवास

मन्दिरदेखि जंगलसम्म सबै कालैकालो, कसरी भयो यस्तो ?

काठमाडौं, १९ मंसिर — इन्डोनेसियाको बाली टापुमा रहेको आगुङ पर्वतमा ज्वालामुखी विस्फोटको आशंकाका कारण रेड अलर्ट जारी भएको छ । अघिल्लो हप्ता विस्फोटको आवाज १२ किलोमिटर परसम्म सुनिएको थियो ।

गभग ६ किलोमिटर परसम्मको क्षेत्रलाई लाभाले ढाकेको थियो । धूँवा र खरानीको राख चार हजार मिटरमाथिसम्म पुगेको थियो ।

अगुङको ऐतिहासिक र प्राचीन मन्दिरदेखि लिएर जंगलसम्म कालो भएको थियो । बीस किलोमिटर इलाकाका सबै क्षेत्र खाली गराइएको थियो । 

ज्वालामुखीका कारण पछिल्ला केही दिनमा भूकम्प आइरहेको थियो । भूकम्पका कारण बर्दरबुंगामा हलचल भएको थियो । 

ज्वालामुखीवरिपरिको २० किलोमिटर इलाका खाली गरिएको थियो । यस रूटबाट उड्ने सबै विमानको बाटो परिवर्तन गरिएको छ । 

चवन्न वर्षअघि साढे सात किलोमिटरसम्म अगुङको खरानी फैलिएको थियो । त्यतिखेर ११ सयभन्दा बढी मानिस मारिएका थिए । 

इन्डोनेसियामा अहिले पनि १२० ज्वालामुखी सक्रिय छन् । यो कुनै बेलामा पनि फुट्न सक्छ । अधिकारीहरूका अनुसार, अहिलेको स्थिति पहिलेको भन्दा खतरनाक छ ।

एजेन्सी
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस