उपभाेक्ता

पुरानो सारी नफाल्नुस्, यसरी गर्नुस् उपयोग

काठमाडौं, १९ मंसिर — तपाईंसँग पुरानो सारी छ भने त्यसलाई फ्याँक्नुभन्दा पनि फेरि प्रयोग गर्नु उचित हुन्छ । त्यसलाई कुर्ता वा शल बनाउन सकिन्छ । पुरानो सारीलाई कसरी प्रयोग गर्न सकिन्छ जान्नुस् । 

पुरानो सारीबाट तपाईं कुर्ता बनाएर तपाईं पलाजो सुटका साथ लगाउन सक्नुहुन्छ । 

तपाईंको जर्जेट वा शिफनको सारी हो भने त्यसको शल बनाउन सक्नुहुन्छ र कुर्तासँग लगाउन सक्नुहुन्छ । 

रेशमको सारी हो भने त्यसको शल तयार पारेर प्लेन सोलिड कोलरवाला कुर्ता र प्यान्टका साथ जोडी बनाएर लगाउन सक्नुहुन्छ । 

तपाईंसँग बनारसी सारी छ भने बोर्डरलाई काटेर निकाल्नुस् र शिफन वा जर्जेटको सारीमा लगाउनुस् । त्यसलाई तपाईं कुशन कभर, शल वा कपडाको झोला बनाउन सक्नुहुन्छ । 

बोर्डरलाई तपाईं बच्चीहरूको लहंगा, कुर्ता अनि विकल्पका रूपमा पर्दाका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । 

पुराना सारीहरूको बोर्डर नयाँ सारीमा लगाएर प्रयोग गर्न सकिनेछ । 

तपाईंले फरक फरक दुई सारीलाई आधी आधी हिस्सा काटेर प्रयोग गर्न सक्नुहुन्छ वा दुई फरक शलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । तिनीहरूलाई सारीका रूपमा बेर्नुस् । अझ राम्रो लूकका लागि आकर्षक गहना लगाउनुहोला । 

एजेन्सी
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस