बैंक / सेयर

सिटिजन्स बैंकको अत्याधुनिक वेबसाइट सार्वजनिक

काठमाडौं, १९ मंसिर- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वैबसाइट सार्वजनिक गरेको छ । बैंकले आफ्ना सम्पूर्ण जानकारीसहित डब्लु डब्लु डब्लु डट सी टी जेड एन बैंक डट कम सार्वजनिक गरेको होे ।  वैबसाइट कुनै पनि स्मार्ट फोन बाट सजिलै  प्रयोग गर्न सकिने बंकले जनाएको छ ।  


यस वैबसाइटमा घरबाट नै खाता खोल्न मिल्ने, कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । बैंकले अनलाइन आस्बा, डीम्याटखाता, के वाइ सी, मेरो सेयर, स्मार्ट बैंकिङजस्ता सेवा अनलाईनमामै ल्याएको हो ।   

वैबसाइट सर्वजनिक गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे बताउँदै आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा  पुर्याउन बैंक प्रतिबद्ध रहेको बताए । 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस