विश्व/प्रवास

जर्मनहरू उत्तर कोरिया वा रुसभन्दा पनि ठूलो खतरा ट्रम्पलाई मान्छन्

काठमाडौं, १९ मंसिर — जर्मनहरू अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई जर्मनीको विदेशनीतिका लागि उत्तर कोरिया, रुस वा टर्कीका निरंकुश शासकभन्दा बढी खतरनाक मान्छन् । कोएर्बर फाउन्डेसनले गरेको एक सर्वेक्षणले यो निष्कर्ष निकालेको हो । 

देशनीतिसम्बन्धी चिन्ताहरूको सूचीमा शरणार्थी समस्या पहिलो स्थानमा थियो । छब्बीस प्रतिशतले शरणार्थीहरूको प्रवाहलाई धान्नसक्ने जर्मनीको क्षमताका बारेमा चिन्ता जनाएका थिए । 

ट्रम्प र अमेरिकासँगको सम्बन्ध दोस्रो स्थानमा रह्यो, १९ प्रतिशतले यसलाई मुख्य चुनौती माने । 

ह्वाइट हाउस प्रवेश गरेदेखि ट्रम्पले जर्मनहरूलाई अनेक गलत कदम चालेर तर्साएका छन् । जर्मनीको ट्रेड सरप्लसलाई ट्रम्पले आलोचना गरेका थिए । 

मत दिने उमेरका एक हजार पाँचजना जर्मनहरूमा गरिएको सर्वेक्षणमा ५६ प्रतिशतले अमेरिकासँगको सम्बन्ध खराब बताए । 

रोयटर्सबाट
 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस