विश्व/प्रवास

जसले लिए प्रधानमन्त्रीबाट दिएको राजिनामा फिर्ता


लेबनान, १९ मङ्सिर - साउदी अरब गएका समय सुरक्षाको कारण देखाई लेबनानको प्रधानमन्त्रीको पदबाट राजिनामाको घोषणा गरेका  साद हरिरिले आफ्नो राजिनामा सम्बन्धी पूर्व अडानलाई मङ्गलबार फिर्ता लिएका छन्  । 

हरिरिले एक महिना पहिले नोभेम्बर ४ साउदी अरबको राजधानी रियादबाट टेलिभिजन सम्वोधनमार्फत प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । यद्यपि लेबनानी राष्ट्रपतिले हरिरिकोे राजिनामा स्वीकृत गरेका थिएनन  । 

राजिनामा फिर्ता लिन राष्ट्रपति मिसेल आउन तथा शुभेच्छुकले गरेको अनुरोध वमोजिम मैले राजिनामा फिर्ता लिएको छु, प्रधानमन्त्री हरिरिले बताए  । 

प्रधानमन्त्रीको पदबाट दिएको राजिनामा रद्द गर्ने मेरो निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ, हरिरिले मन्त्रीपरिषद्द्वारा प्रधानमन्त्रीको आगमनपछि भएको जारी गरेको पहिलो वक्तव्य वाचन गर्दै सञ्चारकर्मीलाई जानकारी गराए  । 

 राजिनामापछि हरिरिलाई साथ दिँदै आएको साउदी अरब र यसको प्रतिद्वन्दी इरानबीच तनाव देखिने अड्कलबाजी गरिएको थियो । हरिरिले आफ्नो राजिनामाका पछाडि तेहरान र यसको लेबनानी सहयोगी सशस्त्र हेजबुल्लाह समूहलाई देखाएका थिए  । 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस