निर्वाचन समाचार

कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार, गाडी पूर्णरुपमा क्षतिग्रस्त

कपिलवस्तु, २० मंसिर– नेपाली कांग्रेसबाट कपिलवस्तुको क्षेत्र नम्बर १ को प्रदेश सभा पूर्णप्रसाद थारुको गाडीमा बम प्रहार भएको छ । बम प्रहारबाट गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । 

बम प्रहारबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यद्यपि घटनाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस