निर्वाचन समाचार

जनकपुरमा मध्यरातमा लखटिए राजेन्द्र महतो

काठमाडौं, २० मंसिर - जनकपुरमा गएराती राजेन्द्र महतोलगायतको टोली कांग्रेस कार्यकर्ताबाट लखेटिएको छ ।  राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार हुन् । 

मौन अवधिको समयमा राजपा अध्यक्ष मण्डलका सदस्य  समेत रहेका महतोसहितका कार्यकर्ता मध्यरातमा जनकपुरको  देबीचोकमा भेटिएपछि लखेटिएका हुन् ।  उनलाई कांग्रेस कार्यकर्ताले पैसा बाँड्न आएको आरोप लगाउँदै लखेटेका हुन् । 

राजपाका जिल्ला अध्यक्ष सञ्जय चौधरीले राती साढे ११ बजे   रामानन्द चोकमा खाना खान जाँदा एकाएक कांग्रेस कार्यकर्ताबाट आक्रमणको प्रसा भएको बताए । उनले कांग्रेस कार्यकर्ताको आक्रमणबाट महतो जोगिएपनि गाडीमा भने क्षति पुगेको दाबी गरे । 
 
कांग्रेस स्थानीय नेता जीवनाथ चौधरीले भने मौन अवधिमा मतदाता प्रभावित पार्न  पैसा बाड्न महतोलगायतको टोली  गएको आरोप लगाए । 

धनुषा–३ मा महतो र  कांग्रेसका विमलेन्द्र  निधिबीच प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  दुबै हेभिवेट नेता भएकाले कसको पक्षमा नतिजा आउने हो भनि सर्वत्र चासो छ ।

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस