खेलकुद

एशेज शृंखलाको दोस्रो टेस्ट पनि अस्ट्रेलियाको पोल्टोमा

काठमाडौं, २० मंसिर — इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको चर्चित एशेज शृंखलाको दोस्रो टेस्टमा अस्ट्रेलिया १२० रनले विजयी भएको छ । 

एडेलेडमा जीतका लागि ३५४ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्ड २३३ रनमै समेटियो । चार विकेट गुमाएर १७६ रनको स्थितिमा अन्तिम दिनको खेल शुरु गरेको इंग्ल्यान्डका ब्याट्स्म्यानले टिकेर खेल्न सकेनन् ।

अस्ट्रेलियालाई विजयी बनाउन मिचेल स्टार्कले पाँच विकेट लिए । शन मार्शले पहिलो इनिङमा बनाएको नटआउट १२६ रनले पनि अस्ट्रेलियाको जीतमा प्रमुख भूमिका निर्वाह ग–यो । 

टस जितेर इंग्ल्यान्डले फिल्डङ रोजेपछि अस्ट्रलियाले पहिलो इनिङमा आठ विकेट गुमाएर ४४२ रनमा डिक्लेयर ग–यो । शन मार्शको अविजित १२६ र टम पेनको ५७ रनको मद्दतले अस्ट्रेलियाले ठूलो स्कोर बनायो । 

जवाफमा इंग्ल्यान्ड जम्मा २२७ रनमा समेटियो । उसका कुनै पनि ब्याट्म्यानले ५० रन कटाउन सकेनन् । पुछारका ब्याट्स्म्यान ओभरटनले सर्वाधिक ४१ रन बनाए ।    

अस्ट्रेलियाका लागि लियोनले चार, मिचेल स्टार्कले तीन र कमिन्सले दुई विकेट लिए ।

दोस्रो इनिङमा भने इंग्ल्यान्डले राम्रो बलिङ गरी अस्ट्रेलियालाई जम्मा १३८ रनमा अलआउट ग–यो । जेम्स एन्डरसनले पाँच अनि क्रिस वोक्सले चार विकेट लिँदै अस्ट्रेलियाको ब्याटिङ लाइनअपलाई तहसनहस पारे । खवाजा र स्टार्कको २०–२० रन नै सर्वाधिक स्कोर रह्यो । 

दोस्रो इनिङमा अस्ट्रेलियालाई सानो स्कोरमा समेटेपनि इंग्ल्यान्डले ३५४ रनको लक्ष्य पछ्याउनुपर्ने थियो । उसले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो र लक्ष्यभन्दा निकै वरै अलआउट भयो । 

शन मार्शलाई म्यान अफ द म्याच घोषणा गरियो ।

तेस्रो म्याच मंसिर २८ गतेबाट पर्थमा खेलिनेछ । उक्त म्याचमा पनि हार बेहोरेमा इंग्ल्यान्डले शृंखला गुमाउनेछ । 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस