राजनीति

४५ जिल्लाका १२८ क्षेत्रमा भोलि चुनाव, कहाँ को–को भिड्दै ?

काठमाडौं २० मंसिर– प्रतिनिधि सभा सदस्यका लागि दोस्रो चरणअन्तर्गत भोलि (बिहीवार) ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यस्तै प्रदेशसभा सदस्यका लागि ४५ जिल्लाका २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।  

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । 

भोलि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको विषयमा जानकारी गराउन आयोगले बुधवार दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । 

मतदान सकिएपछि बिहीवार बेलुकादेखि नै मतगणना शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना भोलि बेलुका ५ बजेदेखि शुरु हुनेछ । 

प्रतिनिधि सभाका लागि दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ क्षेत्रमा प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमाले र माओवादीको वाम गठवन्धनले तालमेल गरेर संयुक्त उम्मेदवार घोषणा गरेको छ भने कांग्रेसले प्राय सबै निर्वाचन क्षेत्रमा आफ्ना एकल उम्मेदवार उठाएको छ । केही निर्वाचन क्षेत्रमा भने कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाई पनि समर्थन गरेको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु यसप्रकार छन्, 


 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस