सिनेमा

दलाई लामाले बुद्ध भारतका भनेपछि राजेश हमालले यसो भने

काठमाडौं, २० मंसिर – केही समयअघि भारत भ्रमणबाट नेपाल फर्केका अभिनेता राजेश हमाल यतिबेला नेपालतिरै छन् । 

नेपाली कलाकारमा अभिनेता हमाललाई महानायक त भनिन्छ नै उनलाई समाजले बौद्धिक कलाकारका रुपमा पनि हेर्ने गरेको छ । 

महानायक राजेश हमालले एक अन्तर्वार्ताका क्रममा दलाई लामाले बुद्ध भारतमा जन्मेका हुन् भन्दा पूरै नेपालीलाई दुःख लाग्नु स्वभाविक भएको बताएका छन् । 

भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाले केही समयअघि बुद्ध भारतमा जन्मेको भन्ने आशयको धारणा दिएका थिए । 

उक्त धारणा सार्वजनिक भएपछि लामाको चौतर्फी विरोध भएको थियो । लगत्तै त्यसको केही समयपछि बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने खालको धारणा राखेपनि नेपालमा भने उनी विवादित भएका थिए । यसै बारेमा महानायक राजेश हमालले आफ्नो धारणा व्यक्त गरेका हुन् । 

‘नेपालको सन्दर्भमा बुद्धको जन्मथलो नेपाल हुनु महत्त्वपूर्ण कुरा हो, प्रमाणले नै बुद्ध नेपालमा जन्मेका हुन् भन्ने स्पष्ट पारेको छ’, उनले अन्तर्वार्तामा भनेका छन्, ‘बुद्ध संसारकै हुनुहुन्छ, हामीले भूगोलमा राख्न खोजेको होइनौं तर नेपालमा जन्मेका बुद्धलाई भारतमा भन्दा नेपालीलाई नराम्रो लाग्नु स्वभाविक हो ।’ बुद्ध नेपाली हुन् भन्ने अर्को आधारलाई हमालले वंशसँग जोडेर हेरेका छन् । ‘यसको अर्को आधार के हो भने उहाँ शाक्यमुनि हुनुहुन्छ, शाक्य नेपाली वंश हो ।’, उनले भनेका छन् । साथै उनले कसैले प्रमाणलाई तोडमोड गर्न खोज्दा नेपालीलाई दुःख लाग्ने बताएका छन् ।
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस