अनौठो संसार

यो ठाउँलाई भनिन्छ इटालीको स्वर्ग, किन्ने मानिसको हुन्छ मृत्यु

काठमाडौं, २० मंसिर — टापुलाई संसारको सुन्दर ठाउँ मानिन्छ । त्यहाँ मानिसहरू शान्त वातावरणमा समय बिताउन जान्छन् । तर संसारमा यस्तो पनि टापु छ जसलाई किन्ने हरेक मानिसको मृत्यु हुन्छ । 

इटालीको गाईओला टापु जसले किन्छ उसको मृत्यु हुन्छ । यो टापु अत्यन्त सुन्दर छ र यसलाई हेर्नका लागि मानिसहरूको भीड लाग्छ । 

केही मानिसले यस ठाउँको सुन्दरताबाट प्रभावित भएर यसलाई किन्न चाहे । तर यहाँको मालिक बन्न चाहने मानिसको मृत्यु निश्चित छ । 

सन् १९२० मा टापुको स्वामित्व स्विट्जरल्यान्डका ह्यान्स ब्राउनसँग थियो । उनको यहीँ मृत्यु भयो भने उनकी पत्नीले समुद्रमा हाम्फालेर आत्महत्या गरिन् । ब्राउनको शरीर एउटा गलैंचामा बेरिएको पाइयो । 

अर्का मालिकले एक मानसिक अस्पतालमा आत्महत्या गरे । 

फियेट जियोनी एन्जेली यस टापुका अर्का मालिक थिए । उनको एक्लो छोराले आत्महत्या गरे । 

यी सब घटनाका कारण मानिसहरू यो टापु किन्न चाहँदैनन् । दिनमा त्यहाँ घुम्न जाने मानिसहरू रात परेपछि फर्किहाल्छन् । 

एजेन्सी
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस