खेलकुद

नेपालद्वारा युएईसामु २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २० मंसिर– आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) सामू २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनाउन सक्यो । 

नेपालीका लागि शरद भेषावकरले नटआउट ८१ रन बनाए भने ज्ञानेन्द्र मल्लले ५४ रन बनाए । शरदले ९५ बल खेलेर ५ चौका प्रहार गरे ।

टिमको स्कोर ४३ हुँदा पहिलो विकेटका रुपमा नेपालले १४।५ ओभरमा दिलिप नाथलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो । अर्का ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकीय पारी खेल्दै ५४ रनमा एलबीडब्ल्यू आउट भए । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गरेका थिए ।
बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले समान १–१ विकेट लिए ।
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस