अनौठो संसार

चीनमा जाडो बढेर माइनस ४० डिग्री पुग्यो तापक्रम, हावामा पानी फाल्दा बन्यो हिउँ (फोटो फीचर)

काठमाडौं, २० मंसिर — यी तस्वीरहरू चीनको उत्तरी सीमामा रहेको मोहे काउन्टीका हुन् । यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियस पुगेको छ । 

यस्तो जाडोमा एक पर्यटकले भाँडोबाट तातो पानी उफार्दा हावामै जम्यो । 

यस इलाकामा तैनाथ गरिएका जवानहरूका लागि गस्ती गर्नु नै एक चुनौती छ । उनीहरू टाउकोदेखि गोडासम्म ढाकिएर सीमा सुरक्षा गरिरहेका छन् ।

यहाँको सबभन्दा कम तापक्रम माइनस ५२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । 

एजेन्सी
 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस