निर्वाचन समाचार

मौन अवधिमा बाबुरामले लेखे यस्तो

काठमाडौं, २० मंसिर - नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मौन अवधि ‘मनि अवधि ’ बन्न सक्ने गम्भिर संकेत जताततै देखिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले मौन अवधिमा आर्थिक चलखेल हुनसक्ने भन्दै  मतदाताहरुलाई सचेत गराएका छन् । 

भट्टराईले मनि अवधिले दल र उम्मेदवारलाई क्षणिक लाभ हुने तर लोकतन्त्र मृत्युशैयामा पुग्ने जनाएका छन् ।

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस