उपभाेक्ता

वटानिया एयरवेजद्वारा काठमाडौं कुवेत सिधा उडान शुरु

काठमाडौं,  २० मंसिर- कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेज्ले डिसेम्बर ६ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वटानिया कुवेतदेखि नेपालसम्मसिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको हो ।

यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साह नगर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवामित ब्ययी मुल्यमा उपलब्ध गराउने रहेको छ । एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु. २३ हजार निर्धारण गरेको छ ।  तीन ए–३२० विमान सहितको वटानिया एयरवेज्ले विश्वभरका ११ गन्तब्य सम्मकालागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्यविभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ ।


‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वटानिया एयरवेज, काठमाडौंका लागि स्टेशनम्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेटमा कामको थपअवसर समेत प्राप्तहुने हामीलाई विश्वास छ ।’

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस