छापामा

कुन नेताले कहाँबाट मतदान गर्दै छन् ?

काठमाडौँ, २१  मङ्सिर- प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत बिहीबार हुन गइरहेको दोस्रो चरण निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्। 
आजको अन्नपूर्ण पोस्ट लेख्छ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउपालिका- १, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्।

प्रधानमन्त्री पत्नी तथा कैलाली-५ की उम्मेदवार डा. आरजु राणासहित देउवाले त्यहाँबाट मतदान गर्न लागेका हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन्।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भरतपुर-४ स्थित लक्ष्मी मावि लंकु मतदान केन्द्रमा आफैँलाई मतदान गर्नेछन्।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका- ९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।

एमाले नेता माधव नेपालले गौर नगरपालिका- २ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दैछन्।

एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका- ८ को त्रिभुवन माविमा मतदान गर्दैछन्।

अर्का उपाध्यक्ष युवराज ज्ञावालीले दाङको तुलसीपुर- १७ स्थित दीपेन्द्र मावि मानपुरबाट मतदान गर्नेछन्।

एमालेकै उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर- ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा मतदान गर्नेछन्।

महासचिव इश्वर पोखरेलले पनि काठमाडौं ५ स्थित टोखा- ६, स्काईलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्नेछन्।

उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल- ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्नेछन्।

सचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका- ४, बम्घा निमावि भवन चौतारामा मतदान गर्नेछन्।

पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले इलाम- ७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तनँहुको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रवाट मतदान गर्नेछन्।

महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं-३, महाराजगन्ज चोकस्थित भ्याली स्कुल केन्द्रबाट मतदान गर्नेछन्।

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा हेटौंडा ५, पिप्लेस्थित बालज्योति माविमा मतदान गर्ने छन्।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस