छापामा

बाबुआमा र छोराछोरीको भोट हाल्नेमा  कुरा मिलेन !

काठमाडौं, २१ मङ्सिर-विहीबार मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । सोही निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेश सभाको लागि समानुपातिक सांसद पनि छाँनिदैछ । सो निर्वाचनलाई लिएर यतिखेर घरघरमा कुन दलका उम्मेदवारलाई भोट हाल्ने भन्ने विषयमा घर सल्लाह बढी नै हुन थालेको छ ।

दिनभरी आआफ्नो कामबाट थाकेर घर पुगेका घरका सदस्यहरु पनि साँझको खाना खाने समयमा या टेलिभिजन हेर्ने समयमा एकैछिन भएपनि कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल गर्न थालेका छन् ।

विशेष गरी २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा या गत २९ बैशाख २९ र १० जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मत खसालीसकेका घरका युवा सदस्य मतदाता (छोराछोरी) विहीबार हुन लागेको चुनावमा बाबुआमाको इच्छा अनुसारको दलको उम्मेदवारलाई भोट हाल्न कदापि राजी देखिँदैनन । भन्छन,—‘अलिअलि राजनीति बुझेदेखि नै एउटै उम्मेदवारको नाममात्र सुन्दै आएका छौं, सँधै तिनीहरुलाई मात्रै के भोट हाल्नु ? ’

उनीहरु भन्छन—‘२ पटक (संविधानसभाको दोस्रो चुनाव २०७० र स्थानीय तहको चुनाव २०७४) मा ममीड्याडीले भन्नुभएको उम्मेदवारलाई भोट हाल्यौं, खोई तिनीहरुले केही गरेनन, आफ्नो स्वार्थमात्रै सिद्ध गरे । यसपालि त आफ्नो इच्छाअनुसारको उम्मेदवारलाई भोट हाल्ने हो ।’
नेपाल कमर्श क्याम्पसमा स्नातक पढ्दै गरेका शंखमुलका कृष्ण गुरुंग भन्छन ‘यो चुनावमा त ड्याडीममीले भनेको उम्मेदवारलाई मैले भोट हाल्ने ? नो चान्स ।’ ‘उहाँहरुको अगाडी त हुन्छ भन्छु तर भोट भने साथीहरुले जता भन्छन त्यतै हाल्छु ।’ त्यसो त आफ्नो र आफ्नो कलेजका सहपाठीहरुको सुझाव र रुचि अनुसार युवा मतदाताहरुको मत नयाँ उम्मेदवारतिर आर्कषित देखिएको पाइएको छ ।
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस