राजनीति

शीर्ष नेता कसले कहाँबाट मतदान गरे ?

काठमाडौं २१ मंसिर– प्रमुख दलका केही शीर्ष नेताहरुले विहानै मतदान गरेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरे । उनले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गरेका हुन् । 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट बिहान साढे ८ बजे मतदान गर्दैछन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट मतदान गर्दैछन् । 

राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री तथा मकवानपुर क्षेत्र नं(१ का प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उमेदवार कमल थापाले हेटौंडा(६ चौघडा स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा मतदान गरेका छन् । 
पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले इलाम नगरपालिका ७ स्थित वालमन्दिर आधारमूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका स्थित बम्घा निमावि केन्द्रबाट मतदान गरे । एमाले नेता शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका १९ विजौरीबाट मतदान गरेका छन् ।

सूर्य चुनाव चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका हृदेश त्रिपाठीले नवलपरासीको केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट मतदान गरेका छन् । 

पूर्बगृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि केन्द्र ख मेहलकुनाबाट मतदान गरेका छन् ।उनी सुर्खेत क्षेत्र नं। १ का नेपाली कांग्रेसका उम्मेदवार हुन् । 

एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका(६ रिठागाउँ स्थित चन्द्रोदय आधारभुत विद्यालयको केन्द्रबाट मतदान गरेका छन् ।
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस