मुख्य समाचार

विहान केही प्रदेशमा वर्षा भएपनि दिउँसोे मौसम सामान्य हुने

काठमाडौं,२१ मंसिर– प्रदेश र प्रतिनधि सभाको निर्वाचनको दिन आज पश्चिमी हिमाली क्षेत्रमा बदलि रहेको भएपनि अन्य स्थानमा मौसम सामान्य रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १,२,३ मा पर्ने मतकेन्द्र, तराई तथा पहाडी भूभागको मौसममा अपरान्ह पछि सामान्य वदलीको सम्भाावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै  प्रदेश ४, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ अन्तर्गत पर्ने तराई तथा पहाडी भूभागमा   विहानीपख फाटफुट वर्षा भएको भएपनि दिउँसोमा मौसम सामान्य रहने मौषमविद् शान्ती कडेलले बताइन् । आज दिउँसोको मौषम सामान्य रहने भएकाले निवार्चनलाई मौषमले कुनै प्रभाव नपार्ने उनले बताइन् ।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस