राजनीति

पत्नीलाई भोट हाल्न गएनन् मोहनविक्रम, घरमै टिभी हेर्दै

काठमाडौं, २१ मंसिर - नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह आफ्नी पत्नीलाई भोट दिन समेत गएका छैनन् । उनकी पत्नी दुर्गा पौडेल प्युठानबाट बाम गठबन्धनकी उम्मेदवार भएपनि उनी पत्नीलाई भोट हाल्न नगएका हुन् ।

सिंह आफ्नी श्रीमतीका लागि भोट माग्न प्युठानमा गएका  थिए । उनले कार्यकर्ता प्रशिक्षण कार्यक्रमहरुमा भाग पनि लिएका थिए । तर उनी अहिले भोट हाल्न गएनन् । सिंह अर्धभूमिगत नेता हुन् ।
उनी अहिले काठमाडौंमै टिभी हेरेर बसेको उनका सहयोगीहरुले बताएका छन् । 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस