निर्वाचन समाचार

भक्तपुरमा एमाले र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

भक्तपुर, २१ मंसिर– भक्तपुरको बालकोटमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । 

दुवै दलका कार्यकर्ताले मतदान केन्द्र (बुथ) कब्जा गर्न खोजेको भन्दै विवाद भएपछि ढुंगा हानाहान भएको हो । 

एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको ढुंगा हानाहानमा सर्वसाधारणका घरका सिसा फुटेका छन् । एक–अर्का दलका कार्यकर्ताले हानेको ढुंगा लागेर सर्वसाधारणका घरका ढुंगा फुटेका हुन् । 

करिव २० मिनेटसम्म दुई पक्षबीच झडप भएको थियो । अहिलेभने स्थिति नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस