मनोरञ्जन

प्रियंका चोपडा बनिन् सेक्सिएस्ट एसियन वुमन

काठमाडौं, २१ मंसिर — ईस्टर्न आई पत्रिकाले सार्वजनिक गरेको सबभन्दा कामुक एसियाली महिलाको सूचीमा बलिउड अभिनेत्री प्रियंका चोपडा पहिलो नम्बरमा परेकी छन् । पचासजना कामुक एसियाली महिलामा प्रियंका अब्बल ठहरिएकी हुन् । 

त्रिकाले गराएको सर्वेक्षणमा प्रियंकाले सबभन्दा धेरै मत पाइन् । टीभी अभिनेत्री निया शर्मा चाहिँ दोस्रो नम्बरमा रहिन् । 

बलिउड अभिनेत्री दीपिका पादुकोण सूचीमा तेस्रो स्थानमा छिन् । त्यस्तै चौथोमा आलिया भट्ट र पाँचौंमा पाकिस्तानी अभिनेत्री माहिरा खान छन् । 

सेक्सिएस्ट वुमन चुनिएपछि प्रियंकाले प्रशंसकहरूलाई धन्यवाद दिएकी छन् । 

एजेन्सी
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस