निर्वाचन समाचार

अछाममा कांग्रेसले बुथ कब्जा गर्न खोजेपछि हवाई फायर

काठमाडौं, २१ मंसिर - अछामको चौरपाटी गाउँपालिकामा रहेको लुंग्रामा कांग्रेसले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । अहिले सो केन्द्रमा मतदान समेत रोकिएको छ । प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले अवस्था नियन्त्रणमा लिनका लागि कोशिश भइरहेको बताए । कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएपछि झडपको अवस्था सिर्जना भएको थियो ।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस