अनौठो संसार

विगत १८ वर्षदेखि गाडीको हर्न बजाएका छैनन् यी चालकले

काठमाडौं, २१ मंसिर — काठमाडौं लगायतका प्रमुख शहरमा सवारीसाधन चलाउनेलाई हर्न बजाउन निषेध गरिएको छ । तर बिरलैले यो नियमको पालना गर्छन् । 

तर भारतको कोलकातामा बस्ने चालक दीपक दास विगत १८ वर्षदेखि गाडी चलाउँदा हर्न बजाउँदैनन् । उनी लामो दूरीको यात्रामा पनि हर्न बजाउँदैनन् । 

उनका अनुसार, प्रत्येक चालकले गाडी चलाउँदा 'नो हर्न पोलिसी' अपनाएमा बढी सचेत रहन्छन् । कुनै यात्रीले उनलाई हर्न बजाउन आग्रह गर्दा पनि उनी विनम्रतापूर्वक अस्वीकार गरिदिन्छन् । 

उनको यो प्रयासलाई उनीसँग यात्रा गरिसकेका मानिस र संस्थाहरूले प्रशंसा गरेका छन् । उनीहरूले नै उनलाई मानुष सम्मानका लागि छनोट गरेका छन् । ध्वनि प्रदूषण रोक्ने उनको प्रयास प्रशंसनीय रहेको बताइएको छ ।

एजेन्सी
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस