राजनीति

सिन्धुपाल्चोकमा यसरी शुरु भयो मतगणना

सिन्धुपाल्चोक २१ मंसिर– गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको मतगणना शुरु भएको छ । दोस्रो चरणको चुनाव सम्पन्न भएलगत्तै पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना शुरु भएको हो । 

सिन्धुपाल्चोक १ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका अग्नी सापकोटा तथा क्षेत्र नम्बर २ मा राप्रपा लोकतान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा र नेकपा एमालेका शेरबहादुर तामाङबीच तीब्र प्रतिष्पर्धा हुने ठानिएको छ । 

तस्वीर श्रोत - दिनेश थपा
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस