राजनीति

ओखलढुङ्गामा शुरु भयो मतगणना, रामहरि या यज्ञराज कसको चम्केला भाग्य ?

ओखलढुङ्गा २१ मंसिर– गत मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत ओखलढुङ्गामा मतगणना शुरु भएको छ ।

प्रतिनिधिसभातर्फ एकमात्र क्षेत्र रहेको ओखलढुङ्गामा नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडा र नेकपा एमालेका तर्फबाट यज्ञराज सुनुवार चुनावी प्रतिष्पर्धामा छन् ।

गत संविधानसभा चुनावमा ओखलढुङ्गाका दुइ क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका दुइ युबा नेताबीच तीब्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस