निर्वाचन समाचार

म्याग्दीमा एमालेको अग्रता

काठमाडौं, २१ मंसिर — म्याग्दीमा भइरहेको मतगणनामा नेकपा एमाले भूपेन्द्र थापाले अग्रता लिएका छन् । उनले एक हजार चार सय ५१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खम्बीर गर्बुजाले एक हजार दुई सय १९ मत ल्याएका छन् ।

प्रदेशसभातर्फ क मा माओवादी केन्द्रका विनोद केसीले ९०८ मत ल्याएका छन् भने कांग्रेसका भीम प्रसाद गौचनले ५३८ मत ल्याएका छन् ।

ख मा भने एमालेकी नरदेवी पुनले सात सय ५६ ल्याउँदा कांग्रेसका अमलाल पुनले ६ सय ५० मत ल्याएका छन् । 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस