सम–सामयिक

मतगणना चलिरहदा मध्यरातमा बाबुरामले के लेखे ?

काठमाडौं २१ मंसिर– गोरखा क्षेत्र नम्बर २ मा गत मंसिर १० गते सम्पन्न निर्वाचनको मतगणना चलिरहेको समयमा नयाँ शक्ति नेपालका संयोजक एवं उम्मेदवार डा बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा भावुक सन्देश लेखेका छन् । राम्रोका लागि कामना गर्ने र नराम्रोका लागि तयार रहने आफ्नो स्थायी सुत्र रहेको उनले लेखेका छन् । जस्तो सुकै नतिजा आएपनि चिन्ता नरहेको उनले लेखेका छन् । पछिल्लो मतगणना अपडेटमा बाबुराम नारायणकाजी श्रेष्ठ भन्दा झिनो मतअन्तले अगाडी छन् ।

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस