राजनीति

मध्यरातको अपडेट वामगठबन्धन २३, कांग्रेस ३ स्थानमा अगाडि

काठमाडौं २१ मंसिर– पहिलो चरणमा मंसिर १० गते सम्पन्न निर्वाचनमा बाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । ३२ जिल्लाको प्रारम्भिक मत परिणाम आउन थालेको छ । बिहीवार मध्यरात १२ बजेसम्मको परिणाम अनुसार प्रतिनिधसभा तर्फ बाम गठबन्धनले अग्रता लिएको छ । जसमा बाम २३, कांग्रेस ३ राप्रपा प्रजातान्त्रिक १ र स्वतन्त्र १ छन् । नेपाली कांग्रेसले रसुवा, दार्चुला र नुवाकोट १ मा अग्रता लिएको छ । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस