निर्वाचन समाचार

मुस्ताङबाट एमालेले खाता खोल्यो, प्रदेश सभामा विष्ट विजयी

काठमाडौं २२ मंसिर– नेकपा एमालेले प्रदेश सभामा मुस्ताङबाट खाता खोलेको छ ।

मुस्ताङ प्रदेश सभा क बाट एमालेका इन्द्रधारा विष्ट विजयी भएका हुन् ।

उनले १ हजार १ सय ६७ मत पाएर विजयी भएका हुन् ।

विष्टका प्रतिद्वन्दी नेपाली कांग्रेसका मिङमार गुरुङले ६५७ भोट पाए । 

प्रतिनिधि सभा तर्फपनि मुस्ताङमा एमाले उम्मेदवार अगाडी छन् ।

मंसिर २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस