निर्वाचन समाचार

बाबुराम भट्टराई ३ हजार भन्दा बढी मतले अगाडि

काठमाडौं, २३ मंसिर- चर्चित क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई ३ हजार ६८ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार नयाँ शक्ति नेपालका बाबुराम भट्टराईले २० हजार ८ सय ९७ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी वामगठबन्धनका तर्फका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ १७ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।  

गोरखा क्षेत्र नम्बर २ मा कूल मतदानको करिब ५० प्रतिशत मत गनिसकिएको बताइएको छ ।   अब अब १८ हजार ९ सय ८७ मत गन्न बाँकी रहेको छ ।

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस