निर्वाचन समाचार

ताप्लेजुङबाट उदाए योगेश भट्टराई

ताप्लुजुङ, २३ मंसिर— एमाले सचिव तथा ताप्लेजुङ प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् । गत संविधानसभा निर्वाचनमा यागेश काठमाडौंबाट पराजित बनेका थिए । 
यसपटक भने आफ्नै गृहजिल्लाबाट चुनाव लडेका उनी भारी मतान्तरसहित विजयी  भएका हुन् । 
 

एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२हजार ५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाउँदा  दाहालले १६  हजार ८८८ मत ल्याए । 
 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस