राजनीति

धादिङका सबै प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार विजयी, कहाँ कस्ले जिते ! [ हेर्नुुस् ]

काठमाडौं, २३ मंसिर– धादिङको चारै वटा प्रदेशसभामा एमाले र माओवादीका  उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मतका साथ्  विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै पाण्डे विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए । सो प्रदेशमा  कुल ४३ हजार ५ सय ६४ मत खसेको थियो ।

यस्तै धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन् । जमरकट्टेलले प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीसंग १२ हजार ९ सय ७५ मतान्तरले विजयी भएका हुन् । जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याएका छन् भने, सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । सो प्रदेशमा  कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो । 

यता प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा पनि नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी भएका छन् । अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका हुन् ।उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो । 


प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडा१ हजार ८ सय ३१ मतान्तरले विजयी भएका छन् । उनले १७ हजार ६ सय ५ मत पाप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस