राजनीति

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी !

काठमाडौं,२३ मंसिर –काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्।

उनले कांग्रेसका उम्मेदवार ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पार्दै जित हासिल गरेका हुन् । 

यस्तै विवेकशील साझा पार्टीका मिलन पाण्डेछले ४ हजार ९ सय ४६ मत पाएका छन् ।

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस