मनोरञ्जन

सामसुङ ग्यालेक्सी एस ८ ले सेल्फि क्यामरामै अटोफोकस राख्ने

काठमाडौं, १५ मंसिर– धेरै जसो स्मार्टफोनहरूले पछिल्लो पटक मोबाइल फोनको अगाडिको क्यामेराको गुणस्तर बनाउन कसरत गरिरहेका छन् र यसै मेसोमा सामसुङको आउँदो नयाँ मोडल ग्यालेक्सी एस ८ले पनि आफ्नो अगाडिपटिको क्यामराको गुणस्तर बढाउने भएको छ । उसले अगाडिको क्यामरामा अटोफोकस फिचर राख्ने भएको छ । सामसुङले यसअघि आफ्ना फोनहरूमा अटोफोकस क्यामेरा राखेको थिएन ।

samsung

दक्षिण कोरियन यो कम्पनीले भोइस कोइल मोटर मकानिज्मका सट्टामा इन्कोडर प्रविधिको अटोफोकस समेत राख्ने भएको बताइएको छ । त्यसका साथै आउँदो त्यस फोनमा प्रेसर सेन्सिटिभ डिस्प्ले, अप्टिकल फिङ्गटिप सेन्सर रहनेछ । फोन ५.७ र ६.२ को स्क्रिनमा आउनेछन् । आउँदो फेब्रुअरीको अन्त्यतिर यो फोन बजारमा आउने बताइएको छ । फोनको मूल्यबारे कुनै जानकारी उपलब्ध छैन । -एनडिटिभीग्याजेट

मंसिर १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस