Nic Asia
cocacola

राजनीति

कार्यकर्ताको हत्या भएकामा क्रान्तिकारीको आपत्ति


काठमाडौँ, २८ साउन - अनेरास्ववियु (क्रान्तिकारी)ले सिद्धनाथ क्याम्पस कञ्चनपुरका नेता डम्बर जाग्रीको आज बिहान घाँटी रेटी हत्या गरिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । Annfsu635-430x291

अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले आज विज्ञप्तिमार्फत क्याम्पस हाताभित्रै रहेको छात्राबासमा रहस्यमय तवरले हत्या भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

क्रान्तिकारीले दोषीमाथि कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत आग्रह गरेको छ ।


यसैबीच मुलुकभरको अबिरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै राहत तथा उद्धार कार्यमा खट्न संगठनका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

क्रान्तिकारीले नागरिकको उद्धार तथा हराइरहेका नागरिकको खोजबिनका लागि आ– आफ्नो स्थानबाट खट्न आग्रह गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti