Nic Asia
cocacola

राजनीति

विपक्षीले संसदभित्र होहल्ला र नारावाजी गरे, किन घेरेनन् रोष्टम ?

काठमाडौं २४ पुस – नेकपा एमाले लगायत विपक्षी दलको बिरोधका बावजुत सरकारले आइतवार संसदमा संविधान संशोधन विधेयक टेवल गरेको छ ।

विपक्षी दलका सांसदको नारावाजी र होहल्लाका बाबजुद सरकारका तर्फवाट कानूनमन्त्री अजय शंकर नायकले संविधान संशोधन विधेयक टेवल गरे ।

यो संगै संविधान संशोधन विधेयक टेवल गर्ने सरकारको योजना पूरा भएको छ । तर कुनैपनि हालतमा संसदमा विधेयक टेवल गर्न नदिने र पारित हुन नदिने विपक्षीको रणनीति फेल खाएको छ ।

सरकारले संविधान संशोधन विधेयक टेबल गर्ने समयमा एमाले लगायतका प्रतिपक्षी दलका सांसदहरु उठेर नारावाजी लगाए, तर विधेयक रोक्न रोष्टम वा वेल घेराउ गरेनन् ।

यसअघि सरकारले बलजफ्ती ढंगले विधेयक टेवल गर्न खोजे संसदमा भिडन्त हुने एमालेकै कतिपय जिम्मेवार नेताहरुले बताएका थिए । विपक्षी सांसदहरु संयमि तबनेपछि संसदमा झडपको संभावना टरेको हो ।

संसदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा निर्वाचन कानून विधेयकहरु टेवलल गर्न दिन एमाले राजी भएको थियो ।

निर्वाचन कानून टेवल गर्ने समयमा भने विपक्षी दलले विरोध गरेनन् । विधेयक टेवल भएसँगै संसदको बैठक ३० गते शुक्रवार सम्मका लागि स्थगित भएको छ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti