राजनीति

रोलेक्स घडी प्रकरणमा सांसद खतिवडाले दिए यस्तो प्रष्टिकरण

काठमाडौं २४ पुस– नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले आफूलाई फसाउनका लागि घडी चोरेको आरोप लगाइएको बताएका छन् । उनले आफ्नो चरित्र हत्या गर्नका लागि भ्रष्टहरुले घडी चोरेको आरोप लगाएर फसाउन खोजेको बताए ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै खतिवडाल भने, ‘मलाई फसाउने षडयन्त्र भयो, मैले पनि घडी लगाएको छु, चोरेर घडी लगाउनु पर्दैन,’ उनले भने,‘गलत कामको विरोध गर्दा म त्यसको सिकार हुन पुगे ।’

पूर्वसेनापति छत्रमानसिंह गुरुङको छोरा इमानको रोलेक्स घडी हराएको र खोजी गर्दा सांसद रामहरि खतिवडाबाट फेला परेपछि उनको सामाजिक सञ्जालमा चर्को अलोचना भइरहेको छ ।

कसैले फसाउनकै लागि आफ्नो खल्तीमा हालिदिएको र आफूले इमान्दारितापूर्वक फिर्ता गर्दा पनि अनेकन टिकाटिप्पणि भएको भन्दै आक्रोश व्यक्त गरे ।

होटल ¥याडिसनमा जिम गर्न गएका छत्रमानका छोरा इमानको १५ लाख मूल्यको घडी हराएको र पछि खतिवडाले नै कसले मेरो खल्तीमा हालिदिएछ भन्दै दरवारमार्ग प्रहरीलाई बुझाएका थिए ।

जसलाई सामाजिक सञ्जालमा खतिवडाले घडी चोरेको र प्रहरी कारवाहीको डरले फिर्ता गरेको भन्दै आलोचना भइरहेको छ । पुस २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस