Nic Asia
cocacola

राजनीति

राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिँदा नेपाल र नेपालीको सम्मान : उपराष्ट्रपति

काठमाडौं, २५ पुस–उपराष्ट्रपति नन्दवहादुर पुनले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा खेलेको भूमिकलाई विर्सन नसकिने बताएका छन् । उनले पृथ्वीनारायण राष्ट्र नयाक भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते आयोजना गर्न लागेका चियापानको निम्ता गर्न पुगेका राप्रपा नेपालका नेतासँग उपराष्ट्रपति पुनले पृथ्वीनारायणको योगदानको कदर गर्नुपर्ने बताएको थिए ।

राप्रपा नेपालका प्रमुख सचेतक  दिलनाथ गिरीका अनुसार भेटमा उपराष्ट्रपति पुनले पुस २७ लाई सवैले स्मरण गर्नु पर्ने बताए । पुनले उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा विदा दिए नेपाल र नेपालीकै सम्मान हुने बताए ।

राप्रपा नेपालले राष्ट्रिय एकता दिवसमा आयोजना गर्न लागेको चियापानमा सहभागी हुन उपराष्ट्रपतिलाई आग्रह गरेको थियो । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti