Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

संघीयताको गलपासोले नेपालको घाँटी कसिँदै गएको छः चित्रबहादुर केसी

काठमाडौं २५ पुस–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताको चाहना विपरित थोपरिएको संघीयताले नेपालको घाँटी कसिँदै गएको बताएका छन् । उनले पाँच नम्बर प्रदेशबाट पहाड र तराई अलग्याउने कुराले मुलुकलाई दूरगामी असर पर्ने बताए ।

व्यबस्थापिका संसद्को सोमवार बसेको बैठकको विषेश समयमा नेता केसीले पाँच नम्बर प्रदेशवाट पहाडी जिल्ला अलग्याउने तयारी ‘ग्राइण्ड डिजाइन’ भएको बताएका हुन् । ‘जबसम्म संघीयतालाई डाडो कटाइन्न यो गलपासो कसिदै जानेछ’ उनले भने, ‘कालान्तरमा भारतीय महासंघमा गाभ्ने ग्राइण्ड डिजाइन अन्तरगत प्रदेश टुक्राउने खेल समयमै बुझौ ।’

केसीले संघीयताको स्तुती गाउनेहरुले संघीयताले के दुष्परिणमा ल्याउछ भन्ने थाहा नपाएका कारण २०६५ सालमा जवरजस्ती संघीयता लादिएको जिकीर गरे । ‘संघीयताको वकालत गर्नेहरुलाइ पनि अहिले गलपासो भएको छ । संघीयता नेपालको आवस्यकता र भलोका लागि ल्याएैको थिएन ।’ उनले भने ।

केसीले संघीयता कार्यान्वयन नाममा पाँच नम्बर प्रदेशबाट पहाड र तराई अलग्याउने कुरा ‘ग्राइण्ड डिजाइन’ भएको दावी गरे । उनले यसअघि प्रतिपक्षले अबरोध गरेको भन्दै संसदको काम अगाडी नबढाउने सभामुखले आइतवार जवरजस्ती विधेयक टेवल गराउने परिस्थिती के ले निम्तायो भनि प्रश्न गरे । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam