Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

माधव नेपालले भाषण गर्न खोज्दा मधेसी मोर्चाका कार्यकर्ताले गरे ढुंगामुढा


सुनसरी, २५ पुस–नेकपा एमाले नेता माधव कुमार नेपाल सहभागि एक कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको छ ।

सोमबार सुनसरीको हरिनगरमा आयोजि कार्यक्रममा सहभागि नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाल मञ्चतर्फ अघि बढ्दै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा शुरु गरेका थिए । लगत्तै प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षीय झडप शुरु भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका केही कार्यकर्ता घाइते भएको बताइएको छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon