राजनीति

माधव नेपालले भाषण गर्न खोज्दा मधेसी मोर्चाका कार्यकर्ताले गरे ढुंगामुढा


सुनसरी, २५ पुस–नेकपा एमाले नेता माधव कुमार नेपाल सहभागि एक कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको छ ।

सोमबार सुनसरीको हरिनगरमा आयोजि कार्यक्रममा सहभागि नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाल मञ्चतर्फ अघि बढ्दै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा शुरु गरेका थिए । लगत्तै प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षीय झडप शुरु भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका केही कार्यकर्ता घाइते भएको बताइएको छ । पुस २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस