Nic Asia
cocacola

राजनीति

केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय



काठमाडौँ, २६ पुस - नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको स्थायी समितिको बैठकले सङ्घका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीलाई बाँकेमा खुकुरी प्रहार भएको घटनाको चाँडो छानबिन गरी तथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ । yuwa sangh

सङ्घको सोमबार सम्पन्न स्थायी समितिको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकारसम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले पछिल्लो समय सङ्घका कार्यकर्तामाथि भइरहेको आक्रमणको निन्दा गरे ।

सङ्घका हत्या गरिएका रुपन्देही अध्यक्ष दुर्गा तिवारीलाई सहिद घोषणा गर्न माग गर्दै बैठकले हत्यारालाई पक्राउ गरी कानुनी कारबाहीको माग गरेको छ ।

आगामी माघ १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीको सो बैठकले महाधिवेशनको टुङ्गो लगाउनेछ । सङ्घको स्थायी समितिको बैठकले सुनसरी र काठमाडौँ जिल्ला कमिटीमा देखापरेको विवादको अन्त्य गरेको छ । रासस मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti