Nic Asia
cocacola

राजनीति

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै, सरकाले दिएन विदा

काठमाडौं, २७ पुस-आज पुस २७ गते पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् ।

नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ /६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने इतिहासविद्हरुको भनाइ छ ।

आजको विदाका विषमा मन्त्रिपरिषद्, संसद लगायतका स्थानमा चर्चा भएपनि विदाको कुनै घोषणा भएको छैन ।
प्रधानमन्त्री प्रचण्डले पृथ्वी नारायणको योगदानको कदर गर्नुपर्ने बताएका छन् । उनले पृथ्वी नारायणको जन्मजयन्तीमा विदा दिनु पर्ने भएपनि यो राजनीतिक विषय भएका कारण सबैको सहमति खोज्ने बताएका थिए । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti