राजनीति

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त

काठमाडौं २७ पुस - सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी  दिए । 

पुनर्निर्माणको काम सन्तोषजनक नभएको ठहर गर्दै ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

ज्ञवालीले दोस्रोपटक दिएको स्पष्टीकरण समेत चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो । पुस २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस