Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

मन्त्रिपरिषद् बैठक छोडेर पृथ्वी जयन्ती मनाउन गए मन्त्री केसी

काठमाडौं, २७ पुस–शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मन्त्रिपरिषद् बैठक छाडेर पृथ्वी जयन्ती मनाउन गएका छन् ।

बुधबार बिहान पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको वर्खास्ती र नयाँ कार्यकारी प्रमुखमा गोविन्द पोखरेलको नियुक्तिका लागि बसेको मन्त्रिपरिषद बैठक सकिनु अघि नै मन्त्री केसी बाहिरिएका हुन् ।

उनी गृहजिल्ला नुवाकोटमा पृथ्वीनारायण शाहको स्मरण गरने राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

नुवाकोटको देवीघाटमा पृथ्वी नारायण शाहको शालिक रहेको छ जहाँ राष्ट्रिय एकता दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको छ । केसीले आफूले सँधै पृथ्वी जयन्ती मनाउने गरेको बताए । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing