Ruslan
Tata /sipradi
Sarbottam Cement

राजनीति

पृथ्वी जयन्तीमा विदा दिन माओवादीले मानेन : ओली

काठमाडौं, २७ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका कारण पृथ्वी जयन्तीमा विदा दिन नसकिएको बताएका छन् ।

एकता दिवसको अवसर पारेर राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गरेको समयमा पृथ्वी जयन्तीमा विदा दिन खोजे पनि माओवादीले नमानेको आरोप लगाए ।

उनले पृथ्वी नारायण शाहको योगदानको कदर गर्न पनि राष्ट्रिय एकता दिवस मनाउनु पर्ने बताए ।

कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले माओवादीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेर गल्ती गरेको बताए । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement